
काठमाडौं, चैत १६ – उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि उत्साहजनक अवसर आउँदैछ। भोलि, २९ मार्च २०२५, शनिबारका दिन काठमाडौंको अद्वित मार्ग, पुतलीसडकस्थित स्टेलर प्रिमाइसेसमा ग्रान्ड एजुकेशन एक्स्पो आयोजना हुँदैछ।
स्टेलर इन्टरनेशनल एजुकेशन र आरबीएस इन्टेलेक्ट नेपालको आयोजनामा हुन लागेको यस एक्स्पोमा नेपालका साथै विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूको सहभागिता रहनेछ।
कार्यक्रममा स्टेलर इन्टरनेशनल एजुकेशनका प्रबन्ध निर्देशक सुदिप के.सी., न्युजिल्यान्डका पूर्व-इमिग्रेशन अफिसर जनवी सहस्रबुद्ध तथा लिन्कन विश्वविद्यालयकी अन्तर्राष्ट्रिय निर्देशक एनी गोह प्रमुख वक्ताका रूपमा रहनेछन्।
यस एक्स्पोमा विद्यार्थीहरूले प्रत्यक्ष रूपमा विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरूसँग भेटघाट गर्न, आवेदन प्रक्रिया बुझ्न, छात्रवृत्तिबारे जानकारी प्राप्त गर्न तथा परामर्श लिन सक्नेछन्। यस कार्यक्रममा न्युजिल्यान्ड, बेलायत, अस्ट्रेलिया, क्यानडा लगायतका देशका प्रतिष्ठित विश्वविद्यालयहरूको सहभागिता रहनेछ।
कार्यक्रम बिहान ११:०० बजेबाट सुरू हुने र निशुल्क प्रवेश व्यवस्था गरिएको आयोजक संस्थाले जानकारी दिएको छ।
विद्यार्थीहरू तथा अभिभावकहरूका लागि यो एक्स्पो उच्च शिक्षा अध्ययनको सही मार्गदर्शन पाउने उत्कृष्ट अवसर हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे