
काठमाण्डौँ , १० फागुन । नेपाली कांग्रेसका नेता तथा सांसद डा। चन्द्र भण्डारीले हालको समयमा नेपाली नागरिक अनागरिक बनिरहेको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले भनेका छन् कि पैसा कमाउने लोभ या देश छाड्ने होडबाजीका कारण नेपालीहरू नागरिकको दायित्वबाट बञ्चित हुँदै गएको छ।
उनले लेखेका छन् , “नेपाली अनागरिक बन्दैछन ! जुनसुकै कारणले होस – पैसा कमाउने लोभले होस ! देश छाड्ने होडवाजीले होस !!! मानिस बिक्रि गर्ने दलालको फन्दामा परेर होस ! सरकारले आफ्ना नागरिकलाई अनागरिक बन्न दिनु हुँदैन !! नागरिकलाई हातमा हतकडी खुट्टामा नेल लगाएर डिप्युट गर्ने व्यवहारबाट पनि बचाउनु पर्दछ ! “
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे