
काठमाडौं ३१ भाद्र ।आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहिबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुन प्रतितोलामा ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि शुक्रबारको भन्दा १० रुपैयाँ घटेर १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे