
काठमाडौँ, २ वैशाख – संखुवासभाको खाँदबारी नगरपालिका–९ स्थित साठिमुरेमा चट्याङ लागेर एकै परिवारका चारजना घाइते भएका छन्। सोमबार साँझ साढे ४ बजे हावाहुरीसहितको वर्षासँगै आएको चट्याङले कोपिला श्रेष्ठको परिवारलाई प्रभावित पारेको हो।
चट्याङ लाग्दा १८ वर्षीया कोपिलाकी बुहारी बविता मगर, छोरा गगन श्रेष्ठ, १३ वर्षीया छोरी निरुता श्रेष्ठ र कोपिला श्रेष्ठ स्वयं घाइते भएका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
घाइते सबैको उपचार जिल्ला अस्पताल संखुवासभामा भइरहेको छ। अस्पतालका अनुसार उनीहरूको अवस्था खतरामुक्त रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे