
काठमाडौँ , २८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको यातायात व्यवस्था कार्यालय, नेपालगन्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुरसहित चार जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सहायक कम्प्युटर अपरेटर मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालयका नायब सुब्बा मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टरका प्रोप्राइटर शरद कुमार गोराथोकी छन्।
उनीहरूले नक्कली सवारी चालक अनुमति पत्र वितरण गरी मासिक तीन करोडभन्दा बढी रकम संकलन गरेको भन्ने उजुरीका आधारमा अख्तियारको केन्द्रीय कार्यालय र बुटवल तथा नेपालगन्ज सम्पर्क कार्यालयको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार उनीहरूले प्रयोग गर्दै आएका विद्युतीय उपकरणसहित बाँकेका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे