
काठमाडौं, माघ १६ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठलगायत सबै सहिदप्रति श्रद्धासुमन व्यक्त गरेकी छिन्।
सहिद दिवसको अवसरमा आज सामाजिक सञ्जाल मार्फत पूर्व राष्ट्रपति भण्डारीले श्रद्धासुमन व्यक्त गरेकी छिन् । उनले लेखेकी छन् , “सम्पूर्ण ज्ञात र अज्ञात महान सहिदहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । सहिदहरुको बलिदानलाई कदर गर्दै उहाँहरुको सपना साकार पार्न सम्पूर्ण राजनीतिक दलका नेता, कार्यकर्ता, नागरिक समाज लगायत सम्बद्ध सबैमा प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएको छु” उहाँले सन्देशमा उल्लेख गरेकी छिन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे