
काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी हृदयघात भएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए । उनको आइतबार बेलुका एन्जियो प्लास्टिक गरिएको थियो । अस्पतालका अनुसार स्वास्थ्यमा सुधार आएपछि उनलाई डिस्चार्ज गरिएको हो ।
यसअघि २०१९ मा हृदयघातपछि शाहको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गरिएको थियो। २०१५ मा, इम्प्लान्टेबल कार्डियोभर्टर(डिफिब्रिलेटर, ब्याट्रीद्वारा संचालित विशेष उपकरण जसले एरिथमिया भनिने अनियमित मुटुको धड्कनको उपचार गर्न मद्दत गर्दछ, उनको मुटुमा सफलतापूर्वक राखिएको थियो। बैंककमा हुँदा २०१३ मा उनलाई हृदयघात भएको थियो । सेप्टेम्बर २००७ मा, हल्का हृदयघात भएपछि काठमाडौंको नर्भिक अस्पतालमा उनको एन्जियोप्लास्टी शल्यक्रिया गरिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे