
काठमाण्डौँ , १० फागुन । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औं उच्चस्तरीय सत्रमा भाग लिन शनिबार स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्दै हुनुहुन्छ। यो सत्र फागुन १२ देखि १४ गतेसम्म आयोजना हुनेछ, र डा। राणा १२ गते यस सत्रलाई सम्बोधन गर्नेछन्।
भ्रमणको क्रममा, मन्त्री डा। राणा विभिन्न देशका समकक्षी, संयुक्त राष्ट्रसंघका निकाय र अन्तर्राष्ट्रिय सङ्गठनका प्रमुखहरूसँग भेटवार्ता गर्नुहुनेछ। साथै, उहाँ नेपालको सन् २०२७ देखि २०२९ सम्मको कार्यकालको लागि संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्का सदस्य राष्ट्रहरूबाट समर्थन जुटाउने कार्यमा संलग्न हुनेछन्।
डा। राणा परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालय र जेनेभास्थित नेपाली स्थायी नियोगका वरिष्ठ अधिकारीहरूको समावेशी प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्। उहाँको स्वदेश फर्कने मिति फागुन १६ तय गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे