
काठमाडौँ, २ फागुन । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा आज ओमानको भ्रमणमा जान लागेकी छन्। चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री राणा मस्कट जानु हुँदैछ। उनलाई ओमानको ९ औं हिन्द महासागर सम्मेलनमा सहभागी हुनका लागि फेब्रुअरी १४ देखि २० सम्म ओमान जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। यस वर्षको सम्मेलनको विषय समुद्री साझेदारीका लागि नयाँ यात्राु तय गरिएको छ।
मन्त्री देउवा ओमानका परराष्ट्रमन्त्री सय्यद बादर बिन हमद बिन हमुद अल बुसेइदीको निमन्त्रणामा सम्मेलनमा भाग लिइरहेकी हुन्। भ्रमणको क्रममा, मन्त्री देउवाले ‘ग्लोबल साउथको आवाज प्रवर्द्धन’ भन्ने शीर्षकमा एक सत्रमा सम्बोधन गर्ने छिन्।
उनले ओमानका परराष्ट्रमन्त्री, ऊर्जामन्त्री, खनिज मन्त्री र अन्य सम्बन्धित मन्त्रालयका अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम पनि तय गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे