
काठमाडौँ , २५ माघ । हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइको लागि निरन्तर कूटनीतिक प्रयासमा जुटेको छ। परराष्ट्र मन्त्री डा। आरजु राणा देउवाले हालै इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनमार्फत कुराकानी गरी विपिनको रिहाइका लागि पहल गर्न आग्रह गरेकि छन् । अराघ्चीले अबको बैठकमा विपिनको मुद्दा प्राथमिकतामा राख्ने आश्वासन दिएका छन् ।
इजरायल र हमासबीच युद्धविराम भएपछि, हमासले आफ्नो नियन्त्रणमा रहेका बन्दीहरूलाई मुक्त गर्न थालेको छ। नेपाल सरकारले विपिनको रिहाइका लागि कूटनीतिक पहल जारी राखेको छ। यसअघि, मन्त्री डा। राणाले इजिप्टका विदेशमन्त्रीसँग पनि सो अपिल गरिसकेकि छन् । साथै, इजरायल सरकारसँग पनि नेपालका उच्च अधिकारीहरूले रिहाइका लागि वार्ता गरिरहेका छन्।
मन्त्री डा। राणाले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय मञ्च र क्षेत्रीय बैठकहरूमार्फत पनि विपिनको रिहाइका लागि कूटनीतिक प्रयासलाई जारी राख्नु भएको छ। नेपाल सरकार विपिनको रिहाइका लागि विश्व समुदायसँग समन्वय गर्दै अघि बढिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे