
काठमाडौँ, ११ चैत । दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको सांग्रीला प्लाई उद्योगमा विद्युत सट भएर आगलागी भएको छ। आइतबार राति करिब १:३० बजेदेखि लागेको आगो अहिले पनि नियन्त्रणमा आउन सकेको छैन। आगलागीका कारण प्लाई बनाउने काठ, कच्चा पदार्थ, मेसिन र अन्य सामग्री जलेर नष्ट भएका छन्।
प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार, आगलागीबाट मानवीय क्षति भने भएको छैन। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित स्थानीयको प्रयास भए तापनि आगो नियन्त्रणमा लिन सकिएको छैन। आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ, थप विवरण आउन बाँकी छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे