
काठमाडौँ , १ माघ | पूर्वराजा ज्ञानेन्द्र शाहले विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । आज (आइतबार) विहान पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनामा पूर्वराजा शाहको सचिवालयले एक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गर्नुभएको हो ।
जारी विज्ञप्तिमा आज पोखराको सेती खोँचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको उल्लेख छ । साथै विमान दुर्घटनामा परी जीवन गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।रासस
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे