
काठमाडौँ, साउन २ | सरकारी जागिरमा कोटालाई लिएर भएको प्रदर्शनमा ६ जनाको मृत्यु भएपछि बंगलादेशका विद्यालय र विश्वविद्यालयहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ।
सन् १९७१ मा पाकिस्तानबाट देशको स्वतन्त्रताका लागि लडेका युद्ध नायकका आफन्तका लागि सार्वजनिक क्षेत्रको जागिरमा आरक्षण दिने व्यवस्थाको विरुद्धमा विश्वविद्यालयका विद्यार्थीहरूले केही दिनदेखि र्याली गर्दै आएका छन् । केही जागिरहरू महिला, अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तिहरूका लागि पनि आरक्षित छन्।
एक तिहाइ पदहरू युद्ध नायकको रूपमा वर्गीकृत गरिएका परिवारका सदस्यहरूको लागि राखिएको छ। विद्यार्थीहरूले यो प्रणाली भेदभावपूर्ण रहेको भन्दै योग्यताका आधारमा भर्ना हुनुपर्ने तर्क गरेका छन् ।
राजधानी ढाका लगायत धेरै सहरहरूले यस हप्ता कोटा विरोधी आन्दोलनका समर्थकहरू र उनीहरूका विपक्षीहरू, विशेष गरी बंगलादेश छात्रालिग भनेर चिनिने शासक अवामी लिगको विद्यार्थी संगठनबीच झडप भएको छ ।
बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासले अत्यावश्यक कामबाहेक आफू बसेको स्थान र होस्टेलबाट बाहिर ननिस्कन नेपाली विद्यार्थीहरूलाई अनुरोध गरेको छ ।राजदूतावासले कारण वस कलेज प्रशासनले होस्टेलबाट सुरक्षित स्थानमा जान वा आफू बसेको स्थान प्रतिकूल भएमा दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे