
काठमाडौँ , २६ माघ । आज बिहान र दिउँसो काठमाडौंका केही स्थानमा विद्युत सेवा अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रको मातातीर्थ फिडर अन्तर्गतका क्षेत्रहरूमा बिहान ११ बजेदेखि १२ बजेसम्म विद्युत सेवा अवरूद्ध रहने छ। यो सेवा सडक चौडा गर्ने र नयाँ ट्रान्सफर्मर निर्माण कार्यका कारण १ घन्टाका लागि अवरूद्ध हुनेछ।
त्यस्तै, बलम्बु वितरण केन्द्रकै सतुंगल फिडर अन्तर्गत कन्चन गेट, बोसीगाउ, बौथली र अन्य क्षेत्रहरूमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत सेवा बन्द हुनेछ। यस क्षेत्रमा सडक चौडा र नयाँ ट्रान्सफर्मर पोस्ट निर्माणका लागि फिडर सटडाउन राख्नुपर्ने छ।
जोरपाटी वितरण केन्द्रको मुलपानी फिडर अन्तर्गत मुलपानीचौर, थली, थापाचोक र अन्य क्षेत्रहरूमा बिहान १० देखि १२ बजेसम्म विद्युत सेवा अवरूद्ध रहनेछ। तीनवटै फिडरअन्तर्गतका क्षेत्रमा निर्धारित समयभन्दा पहिल्यै सेवा पुनः सुरु हुने प्राधिकरणले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे