• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १५, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अमेरिकी सहयोगमा ‘वर्ल्ड अफ डान्स नेपाल’ सार्वजनिक

११ घण्टा अघि
२

वृद्धि दर घट्दै, खर्च बढ्दै: अर्थतन्त्र कता जाँदैछ?

१२ घण्टा अघि
३

शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

१४ घण्टा अघि
४

जलवायु जोखिममा नेपाल उच्च, अनुकूलन क्षमता कमजोर

१४ घण्टा अघि
५

२४ घण्टाभित्र शेखर गोल्छालाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

१४ घण्टा अघि
६

विधि मार्फत व्यवस्था बसाल्न सरकारलाई पूर्वगृहमन्त्री अर्यालको आग्रह

१५ घण्टा अघि
७

जलेका गाडीको नाममा इन्धन दुरुपयोग गर्ने कर्मचारीलाई कारबाही गर्न मन्त्री मेहेताको निर्देशन

१६ घण्टा अघि
८

पूँजीगत खर्च खुम्चिँदा विकास सुस्त, विभिन्न निकायको कुल बेरुजु ७ खर्ब

१७ घण्टा अघि
९

आज र भोलि देशका केही भागमा भारी वर्षा हुने ,राति यात्रा नगर्न सुझाव

१७ घण्टा अघि
१०

पदमा रहँदा १० काम नगर्ने मन्त्री बादीको घोषणा

१८ घण्टा अघि
११

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

१८ घण्टा अघि
१२

आजदेखि नयाँ शैक्षिक सत्र औपचारिक रूपमा सुरु

१८ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ बैशाख १४, बुधबार (४ साल अघि)

गत निर्वाचनको भन्दा यसपाली महिला उम्मेदवार कम, उपलब्धि जोगाउनै मुस्किल

  • 3,427 Views
  • काठमाडौँ । स्थानीय तहको प्रमुख उपप्रमुखमध्ये एक महिला नै अनिवार्य हुने व्यवस्था नहुँदा आसन्न स्थानीय तहको निर्वाचनमा महिलाको सहभागिता कम हुने देखिएको छ ।

    खासगरी गत निर्वाचनमा झन्डै ९८ प्रतिशत महिला नगर उपप्रमुख वा गाउँपालिकाका उपाध्यक्षका रुपमा निर्वाचित भएकामा आगामी निर्वाचनमा त्यो घट्ने सङ्केत देखिएको हो । गठबन्धनका कारण अधिकांश स्थानीय तहको प्रमुख र उपप्रमुखका उम्मेदवार फरक फरक दलका छन् । जसका कारण अधिकांश स्थानीय तहमा दुवै पदमा पुरुष नै रहेको पाइन्छ । एउटै दलले प्रमुख र उपप्रमुख पदमा फरक लिङ्गको हुनुपर्ने व्यवस्था भए पनि फरक दलको हुँदा त्यो बाध्यकारी छैन । संविधानले अनिवार्य गरेका वडा सदस्य पदबाहेक महिलालाई कम मात्रै अवसर पाएको देखिएको छ । वडाध्यक्षमा राष्ट्रिय दलहरुले थोरै सङ्ख्यामा मात्रै महिलालाई अवसर दिएको पाइएको छ ।

    यस पटक सबै दलमा उम्मेदवार बन्न आकाङ्क्षी महिलाको सङ्ख्या भने ह्वात्तै बढेको छ । वडाध्यक्षदेखि नगर वा गाउँपालिकाका प्रमुख र उपप्रमुखमा धेरै महिला सिफारिस भएका थिए । गत निर्वाचनमा उपप्रमखमा निर्वाचितमध्ये अधिकांशले प्रमुखका रुपमा दाबी राखेका थिए । तीमध्ये थोरैले मात्रै चाहेअनुसारको अवसर पाए । कतिपले पुनः उपप्रमख दोहोर्याउन बाध्य भएइन भने कतिपय उम्मेदवार नै बनेनन् ।

    प्रमुख दलका महिला नेत्रीले कानुन बाध्यकारी नबन्दा नै गत निर्वाचनभन्दा स्थानीय तहमा महिला सहभागिता घट्ने अवस्था आएको बताएका छन् । दल निकट महिला सङ्गठनले आ–आफ्नो दलमा नीति बनाएर महिला नेतृत्व बढाउन लबिङ गरे । तर नतिजा भने आउन सकेन । समग्रमा महिला उम्मेदवार कम देखिए पनि आफ्नो दलमा केही बढेको नेकपा एमाले केन्द्रीय सदस्य निरुदेवी पालले बताउनुभयो । आकाङ्क्षा ह्वात्तै बढेको भए पनि त्यसलाई सम्बोधन गर्ने गरी अवसर नपाएको उहाँको भनाइ छ । एमालेमा गत निर्वाचनभन्दा प्रमुखमा महिलाको उम्मेदवारी बढेको उहाँले बताउनुभयो । प्रमुख पुरुष भएका स्थानमा स्वाभाविक रुपमा महिला उपप्रमुखको उम्मेदवार छ । उहाँले भन्नुभयो, “कतिपय वडामा अध्यक्षका रुपमा पनि महिला उम्मेदवार रहेका छन् ।”

    लामो समय जनप्रतिनिधिविहीन बनेका स्थानीय तहमा नयाँ संविधान लागू भएपछि विसं २०७३ मा निर्वाचन भएको थियो । त्यतिबेला निर्वाचित भएका महिलामा आत्मविश्वास बढेको र अहिले पहिलेभन्दा उपल्लो पदमा उठ्न इच्छा देखाएका छन् । उपप्रमुखमा निर्वाचितमध्ये अधिकांशले प्रमुख उठ्न चाहेको र तीमध्ये कतिपयले अवसर पनि पाएको उहाँले जानकारी दिनुभयो । महिलाको सहभागिता बढ्दै जाँदा आत्मविश्वास पनि बढ्दै गएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “न्यायिक समितिमा काम गरेको अनुभवका आधारमा पनि मैले राम्रो गरेको छु, त्यसैले अपग्रेड हुन्छु भन्नेछ ।”

    पहिले गठबन्धन मिलेर निर्वाचनमा जाने भनेपछि प्रमुख र उपप्रमुख दुवै पदमा पुरुष नै उम्मेदवार हुने देखिएकाले त्यतिबेलादेखि नै त्यसो हुनु हुँदैन भनेर नेपाली कांग्रेसभित्र महिला नेत्रीले आवाज उठाएका थिए । नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतमले आफूहरुले आवाज उठाउँदा उठाउँदै पनि प्रमुख र उपप्रमुखमा महिला उम्मेदवार कम भएको बताउनुभयो । निर्वाचन आयोगले दलहरुलाई महिला सहभागिता बढाउन अनुरोध गरे पनि त्यो हुन सकेन । उहाँले भन्नुभयो, “कानुनमा नै बाध्यकारी व्यवस्था नगरेसम्म मिलेर जाँदा महिला कम हुने देखिन्छ ।”

    यस निर्वाचनमा महिला आकाङ्क्षीको सङ्ख्या उल्लेखनीय रहेको र आगामी दिनमा अझै बढ्ने देखिएको नेत्री भुसालको भनाइ छ । नेपाली कांग्रेसले अधिकांश कमिटीबाट माथिल्लो कमिटीमा सिफारिस गर्दा अधिकांश पालिकामा महिला आकाङ्क्षी रहेका थिए । उहाँले भन्नुभयो, “नाम सिफारिस भएकामा थोरैले मात्रै अवसर पाउनुभएको छ ।”

    गठबन्धनमा माओवादीले धेरै ठाउँमा उपप्रमुख पाएको र त्यसमा उम्मेदवार पुरुष रहेको नेकपा माओवादी निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी अध्यक्ष अमृता थापाले बताउनुभयो । गत निर्वाचनमा ४० प्रतिशत महिला विजयी भए पनि अहिले कम सङ्ख्यामा महिला उपप्रमुख पदमा उम्मेदवार भएकाले समग्र सङ्ख्या घटेको उहाँको भनाइ छ । महिलालाई आर्थिक रुपमा पनि निर्वाचनमा जान सजिलो छैन । उहाँले भन्नुभयो, “पहिले उठ्छु भन्दै आउनुभएका कतिपयले आर्थिक रुपमा गाह्रो पर्ने भएकाले आँट गर्नु भएन ।”

    गठबन्धन दलभित्र पहिले जुन दलले जितेको पालिका हो उसले पाउने गरी भएको सहमतिका आधारमा माओवादीले गत निर्वाचनमा जित्ने पुरुष नै दोहोरिएको नेता थापाले बताउनुभयो । गत निर्वाचन महिला सहभागिताका दृष्टिकोणले महत्वपूर्ण रहेको थियो । अब हुने स्थानीय तहको निर्वाचनमा पनि महिलालाई नेतृत्व तहमा पु¥याउन लाग्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा त्यही उपलब्धि पनि जोगाउन गाह्रो हुने देखिन्छ ।”

    महिला पनि जित्न सक्छन् भन्ने विश्वास नभएका कारण दलहरुले महिलालाई प्रमुख पदमा उम्मेदवार बनाउन नचाहेको नेकपा (एकीकृत समाजवादी) नेत्री दिलु पन्तले बताउनुभयो । गठबन्धनका साझेदार दलले खासगरी आफूले पाएको पालिकामा जित्ने उम्मेदवारलाई अवसर दिने रणनीति बनाएका छन् । उहाँले भन्नुभयो, “यो वा त्यो जुनसुकै दलमा महिला पनि बलियो उम्मेदवार हुन सक्छन् र महिलाले पनि जित्न सक्छन् भन्ने मान्यता स्थापित हुन सकेको छैन ।”

    दलमा टिकट दिने ठाउँमा पुरुष हुने र महिलाले अनौपचारिक रुपमा भेटघाट गर्न नसक्ने हुँदा पनि टिकट पाउने सम्भावना कम हुने उहाँको भनाइ छ । उहाँका अनुसार माथिल्लो कमिटीमा पुगेकामध्ये कतिपय महिलाले महिलालाई समर्थन र सहयोग नगर्नेसमेत प्रवृत्ति पाइन्छ । पार्टीका तल्ला कमिटीले आकाङ्क्षीको नाम सिफारिस गर्दा नै महिलाको नाम तल राखेर पठाएको पाइन्छ । यो निर्वाचनमा गत निर्वाचनमा हासिल गरेकोभन्दा थप उपलब्धिको अपेक्षा गर्न नसकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “त्यही उपलब्धि नै जोगाउन सके पनि ठूलो कुरा हुने थियो ।” ७५३ पालिकामा निर्वाचित कूल जनप्रतिनिधिमा महिलाको सहभागिता ४१ प्रतिशत छ । प्रमुख पदाधिकारी (प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष) मा निर्वाचित एक हजार ५०६ मध्ये ७१८ महिला छन् । यो कूल पदाधिकारी सङ्ख्याको ४७ दशमलव ६८ प्रतिशत हो । संविधानले राजनीतिक दलले उम्मेदवारी दिँदा प्रमुख पदाधिकारी पदमा कम्तीमा एक महिला प्रस्ताव गर्नुपर्ने व्यवस्था रहेको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    अमेरिकी सहयोगमा ‘वर्ल्ड अफ डान्स नेपाल’ सार्वजनिक
    ११ घण्टा अघि

  • २

    वृद्धि दर घट्दै, खर्च बढ्दै: अर्थतन्त्र कता जाँदैछ?
    १२ घण्टा अघि

  • ३

    शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
    १४ घण्टा अघि

  • ४

    जलवायु जोखिममा नेपाल उच्च, अनुकूलन क्षमता कमजोर
    १४ घण्टा अघि

  • ५

    २४ घण्टाभित्र शेखर गोल्छालाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
    १४ घण्टा अघि

  • ६

    विधि मार्फत व्यवस्था बसाल्न सरकारलाई पूर्वगृहमन्त्री अर्यालको आग्रह
    १५ घण्टा अघि

  • ७

    जलेका गाडीको नाममा इन्धन दुरुपयोग गर्ने कर्मचारीलाई कारबाही गर्न मन्त्री मेहेताको निर्देशन
    १६ घण्टा अघि

  • ८

    पूँजीगत खर्च खुम्चिँदा विकास सुस्त, विभिन्न निकायको कुल बेरुजु ७ खर्ब
    १७ घण्टा अघि

  • ९

    आज र भोलि देशका केही भागमा भारी वर्षा हुने ,राति यात्रा नगर्न सुझाव
    १७ घण्टा अघि

  • १०

    पदमा रहँदा १० काम नगर्ने मन्त्री बादीको घोषणा
    १८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    ‘सम्बद्ध कसुर’ नै अस्पष्ट भए सम्पत्ति शुद्धीकरण मुद्दा कति न्यायिक?

    नेपाल नक्सा
    २

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

    नेपाल नक्सा
    ३

    नेपाल टेलिकमको समर अफर सार्वजनिक: सस्तोमा बढी डाटा र असीमित कल

    नेपाल नक्सा
    ४

    सम्पत्ति विवरण विवादपछि गृहमन्त्रीले दिए राजीनामा,१३ दिन र २६ दिनमै दुई मन्त्री बाहिरिए

    नेपाल नक्सा
    ५

    थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश

    नेपाल नक्सा
    ६

    सार्वजनिक सवारीमा विद्यार्थी छुट नदिए कारबाही, विभागको चेतावनी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution