
काठमाडौँ , १३ माघ । म्याग्दी जिल्लामा मंगलबार बिहान भूकम्पको झट्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ९ बजेर १८ मिनेटमा जिल्लाको मुना क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । यसको तीव्रता ३.५ म्याग्निच्युड रेकर्ड गरिएको छ।
यस्तै, मर्स्याङ्दी गाउँपालिका(२, घनपोखरीको खुदिखोला क्षेत्र आसपास केन्द्रबिन्दु भएर गएको अर्को भूकम्पको तीव्रता ३.१ म्याग्निच्युड रहेको थियो। भूकम्पको धक्का जिल्लाका विभिन्न स्थानहरूमा महसूस गरिएको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे