
काठमाडौं ,२९ चैत । राजावादीहरुले आयोजना गरेको चैत्र १५ गतेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइएको छ । प्रसाईंका साथै उनका अंगरक्षक दीपक खड्कालाई पक्राउपछि काठमाडौं ल्याइएको छ । उनलाई बुद्ध एयरको जहाजमार्फत शुक्रबार काठमाडौं ल्याइएको हो ।
भारतबाट नियन्त्रण गरिएका उनलाई आजै बिहान काँकडभिट्टा नाकाबाट नेपाल ल्याएर भद्रपुर प्रहरी कार्यालय लगिएको थियो । त्यसपछि हतकडीसहित भद्रपुरको विमानस्थल पु¥याइएको थियो । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक समेत रहेका प्रसाईं भारतको आसाम पुगेका थिए । चैत १५ गते काठमाडौंको तीनकुनेमा दुई जनाको ज्यान जाने गरी हिंसा मच्चाएर भागेका दुर्गा बिहीबार भारतको आसाम प्रहरीको सम्पर्कमा पुगेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे