
काठमाडौँ, २९ साउन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधन गरेर संसद्को अहिलेको आकार घटाउन सकिने बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकको बिशेष समयमा बोल्दै थापाले यस्तो बताएका हुन् । महामन्त्री थापाले कांग्रेस एमाले मिलेर बनेको सरकारले संविधान संशोधनको कुरा गर्दा कतिपयले प्रतिगमनतिर फर्कन लागेको भन्ने आरोप लागेको भन्दै त्यसलाई चिर्नुसक्नुपर्ने बताए ।
थापाले ४० प्रतिशत मत ल्याउने पार्टीलाई एकल सरकार चलाउन दिने गरी संविधान संसोधन गर्न सकिने उपायतिर जान सकिनेछ । उनले भने , ४० प्रतिशत मत ल्याउने पार्टीलाई एकल सरकार चलाउन पाउने गरी बरु सरकार चलाउन दिनुपर्छ, यसमा छलफल गरौं,’ ।
थापाले उठाउन बाँकी बिजुलीको बक्यौता उठाउनुपर्ने भन्दै एक रुपैयाँ छोड्न नहुने बताए । राज्यकोषको एक रुपैयाँ पनि तलमाथि हुन दिन्न भनेर सरकारले विश्वास दिलाउन सक्नुपर्छ’, थापाले कसैलाई अप्ठेरो पार्न नहुने भन्दै भने, ‘विधिको शासन भनेको त्यही हो ।’
‘हरेक दिन म यस्तो गरिदिन्छु भनेको छ, अरे बाबा, गर्ने ठाउँमा भएपछि त काम गर्ने हो नि१,’ महामन्त्री थापाले भने, ‘हामी अहिले बोल्ने ठाउँमा छौं, बोल्ने हो। मन्त्रीजीहरू काम गर्ने ठाउँमा हुनुहुन्छ। प्रत्येक दिन मन्त्रीजीहरूको भाषण सुनिराखेको छु, हामी देश विकास गर्न आएको हो, हामी चमत्कार गर्छौं, अरे बाबा, गरिदिनुस् न ! ’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे