
काठमाडौँ, असार ४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठ झापा र धनुषाको मात्र हो कि नेपालको पनि मन्त्री हो भन्ने प्रश्न गरेका छन् । उनले प्रश्न गरेका छन्, ‘भौतिक पूर्वाधार मन्त्री झापा र धनुषाको मात्र हो कि नेपालको हरु यदि नेपाल कै हो भने कर्णालीलाई विभेद गर्न पाइँदैन।’
मंगलबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै सांसद शाहीले संसदमा र बजेटमा कर्णालीलाई अपमान गरेको र कर्णालीलाई अपमान गर्ने भए नेपाली भाषा संसदमा नबोल्न पनि चेतावनी दिए।
भौतिक पूर्वाधार मन्त्रालयले धनुषामा ८ अर्ब ७७ करोड र झापामा ६ अर्ब ७० करोड गरेर दुइटा जिल्लामा मात्रै १५ सबै ४७ करोड विनियोजन भएको उल्लेख गर्दै उनले सिंगो कर्णालीमा भने ७ अर्ब ४८ करोड विनियोजन भएको बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे