
काठमाडौँ , २५ वैशाख | दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि रास्वपाको सांसद र पार्टी साधारण सदस्यबाट हटाएका ढाकाकुमार श्रेष्ठको रिटमाथि आज सुनुवाई हुँदैछ ।
पार्टीले साधारण सदस्य सहमेत नरहने गरि हटाइए पछि ढाकाकुमारले आफूलाई संसदीय कानुनविपरित कारबाही गरिएको भन्दै श्रेष्ठले पुनर्वहालीको मागसहित सर्वोच्च अदालतमा रिट हालेका थिए ।
श्रेष्ठको रिटमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा परेको छ ।
रास्वपाले उनको रिक्त पदमा विन्दबासिनी कंशाकरलाई सांसद बनाउने निर्णय गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे