
काठमाडौँ , ८ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत भ्रमण रद्द गरेका छन्। उनले उत्तरप्रदेशको प्रयागराजमा आयोजित महाकुम्भको अवसरमा भारत यात्रा गर्ने भएका थिए। इण्डिया फाउण्डेसनले आयोजना गर्ने ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबिलीटी’ कार्यक्रममा प्रमुख वक्ताको रूपमा देउवा सहभागी हुन लागेका थिए।
कार्यक्रममा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी हुनेछन्।
समिटमा अन्य विभिन्न राष्ट्रका वक्ताहरूलाई पनि आमन्त्रण गरिएको थियो । कुम्भ मेला ४५ दिन चल्नेछ र १४ फागुनमा समाप्त हुनेछ। यसअघि सभापति देउवाले बिहीबार भारतको प्रयागराजमा भइरहेको महाकुम्भमा स्नान गर्न जाने कार्यक्रम तय गरेका थिए। बिहीबार नै सभापति देउवाले उक्त कार्यक्रम रद्द गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
प्रयागराजमा देउवाले इन्डिया फाउन्डेसनले आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुने तय भएको थियो। अन्तिम समयमा महाकुम्भमा अत्यधिक भिड हुने भएकाले नजाने निधो भएको उनको सचिवालयले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे