
काठमाडौँ । नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी प्रमुखको रूपमा नियुक्त गर्ने निर्णय गरेको हो।
थापाको नियुक्ति वसन्त कुँवरको अवकाशपछि भएको हो। हालसम्म केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख रहेका थापा २०५२ साल भदौ १९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए। उनले विभिन्न महत्वपूर्ण पदहरूमा रही सेवा गर्दै आएका छन्।
महानिरीक्षक बन्ने दौडमा थापासँगै सुदीप गिरी र टेकबहादुर तामाङ पनि प्रतिस्पर्धामा थिए। यी तिनै जना एकै ब्याचका अधिकृत हुन्, तर वरियताका आधारमा थापा पहिलो स्थानमा रहेकाले मन्त्रिपरिषद्ले उनलाई प्रहरी प्रमुख बनाउने निर्णय गरेको हो।
थापा २०७९ साल फागुन २६ गते एआइजी पदमा सिफारिस भएका थिए। त्यसपछि २०७९ साल चैत ६ गते मन्त्रिपरिषद् बैठकले उनलाई एआइजीमा बढुवा गरेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे