
काठमाडौँ , १२ माघ । काभ्रेपलान्चोक जिल्लाको धुलिखेल नगरपालिका ९ काभ्रेभन्ज्याङस्थित फर्निचर उद्योगमा आगलागी हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । शुक्रवार राती स्थानीय श्यामप्रसाद दाहालको श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा आगलागी हुँदा ७० वर्षीया टिकादेवी दङ्गालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । शुक्रवार राती करिब पौने ९ बाट सुरु भएको आगलागी शनिवार बिहान करिब साढे २ बजे नियन्त्रणमा आएको थियो । पौने ९ बजेतिर केही पड्केको आवाज आएको र त्यसपछि आगलागी सुरु भएको रआगलागीमा परी तोयानाथ दङ्गालकी श्रीमती टिकादेवीको जलेर मृत्यु भएको छ ।
आगलागी नियन्त्रणमा लिनका लागि भक्तपुर, बनेपा, पाँचखाल र धुलिखेलका दुई गरी पाँच वटा दमकल प्रयोग गरिएको थियो । आगलागीबाट उद्योगमा रहेका फर्निचरका सामाग्री गरी अन्दाजी ८० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे