
पर्सा। पर्सा जिल्लाको वीरगञ्जमा सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले ५० लाख रुपैयाँभन्दा बढी मूल्यको भन्सार छली चोरी पैठारी गरिएको सामान बरामद गरेको छ।
सशस्त्र प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका-१०, आदर्शनगर क्षेत्रमा गोदाममा लुकाइछिपाई राखिएका कपडा र हार्डवेयरका सामानहरू बरामद गरिएको हो। सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले भारतबाट अवैध रूपमा ल्याइएको ५० लाख ९३ हजार ७ सय रुपैयाँ बराबरको सामान विशेष सूचनाका आधारमा बरामद गरिएको जानकारी दिएका छन्।
बरामद गरिएको सामान आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय वीरगञ्ज पर्सामा बुझाइएको सीमा सुरक्षा गुल्म, वीरगञ्जले जनाएको छ।
बरामद सामानमा मुख्य रूपमा कपडा र हार्डवेयरका सामग्री रहेको र ती सामग्री गोदाममा लुकाएर राखिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। सुरक्षा निकायले सीमा क्षेत्रमा निगरानी थप कडा बनाइएको बताएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे