
काठमाडौँ , ८ फागुन । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी० विश्वविद्यालयको छात्रावासमा गत आइतबार शंकास्पद रुपमा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्त्येष्टि गरिएको छ ।
रुपन्देहीको सिद्धार्थननगर नगरपालिका ८ स्थित बैंकरोड कोलोनी घर भएकी उनको भैरहवाको स्वर्गद्वारी घाटमा दाहसंस्कार गरिएको हो । लम्साललाई उनका ७६ वर्षका हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिएका छन् । प्रकृतिको भैरहवाको स्वर्गद्वारी घाटमा अन्त्येष्टिमा गरिएको छ । उनको अन्त्येष्टिमा सिद्धार्थनगरवासीको ठूलो उपस्थिति थियो । भारतको ओडिसा राज्यको भुवनेश्वरबाट गोरखपुर हुँदै बुधबार भैरहवा ल्याइएको थियो । मृत्यु शङ्कास्पद भएको भन्दै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा विश्वविद्यालय प्रशासनले कुटपिट र दुर्व्यवहार गर्दै घर फर्किन भनेको थियो । जसको चौतर्फी विरोध भएको थियो ।
नेपालकी छात्रा लम्साल, भारतको ओडिसास्थित केआईआईटी होस्टेलमा मृत फेला परेकी छिन्। प्रकृतिका बुबा सुनिल, ओडिसास्थित प्रहरी र केआईआईटी प्रशासनसँगको छलफलपछि शव बुधबार नेपाल ल्याउने सहमति भएको थियो। सुनिलले पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको बताउँदै छोरीलाई भावनात्मक ब्ल्याकमेल गरेर आत्महत्या गर्न बाध्य पारिएको दाबी गरेका छन्। उनले प्रकृतिको फोन, ल्यापटप र डायरी फरेन्सिक विभागलाई बुझाएको र प्रहरीले अनुसन्धान अघि बढाएको जानकारी दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे