
काठमाडौँ , ५ फागुन । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग जापानका विदेश राज्यमन्त्री मियाजी ताकुमाले सोमबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आठौँं हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहनुभएका परराष्ट्रमन्त्री डा. देउवा र जापानी राज्यमन्त्री ताकुमाबिच सोमबार भेटवार्ता भएको हो ।
सो भेटका क्रममा नेपाल जापान सम्बन्धका विविध पक्षका साथै दुई देशबिचको आपसी सम्बन्ध र साझा चासोका विषयमा कुराकानी भएको थियो ।
त्यस अवसरमा मन्त्री डा. देउवाले नेपालको एक प्रमुख दाता राष्ट्रका रुपमा जापानले लामो समयदेखि नेपालको आर्थिक सामाजिक विकासका क्षेत्रमा पुर्याउँदै आएको सहयोगप्रति मन्त्री ताकुमामार्फत जापान सरकारलाई आभार व्यक्त गर्नुभएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे