
काठमाडौँ, ७ बैशाख । नेपाल वायुसेवा निगमले एक वर्षको अवधिमा करिब ३ अर्ब रुपैयाँ सावाँ–ब्याज भुक्तानी गरेको छ ।
निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज किन्न लिएको २ अर्ब ९४ करोड २८ लाख रुपैयाँ ऋणको सावाँ ब्याज भुक्तानी गरेको हो ।
निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै निगमले०७९ असारमा १ अर्ब ३५ कारेड, असोजमा ७३ करोड ९ लाख ५५ हजार २८१, पुसमा ३३ करोड ९ लाख ५५ हजार २८१ र चैतमा ५३ करोड ९ लाख ५५ हजार २८१ गरी २ अर्ब ९४ करोड २८ लाख ६४ हजार ८४४ रुपैयाँ भुक्तानी गरेको जानकारी दिएको छ ।
त्यस्तै कोरोना महामारीका बेला व्यापारमा प्रतिकूल असर परेको भन्दै निगमले कोरानाकालको ब्याज, हर्जाना र पेनल छुट गरिदिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे