
काठमाडौँ , २८ चैत । नेपाली कांग्रेसले प्रतिनिधि सभाको आजको नियमित कार्बाही सुरु हुनासाथै सहकारी रकम अपचलनमा नाम मुछिएका गृहमन्त्री रबि लामिछानेको छानविन गर्न संसदीय समिति गठनको माग गर्दै विरोध जनाएको छ ।
बुधबार बसेको बैठकमा नेपाली कांग्रेसको तर्फबाट आफ्ना भनाई राख्र्दै सांसद रामहरि खतिवडाले गृह मन्त्री लामिछानेको सहकारीको बचत रकम अपचलनमा नाम मुछिएको बिषय छानविन गर्न संसदीय समिति गठनको माग गरेका थिए । त्यसपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपा र लोसपाले बैठक अवरुद्ध गरेका हुन् ।
आकस्मिक समय सकिएलगत्तै प्रतिपक्षी दलहरु आ(आफ्नो स्थानमा उठेर नाराबाजी गरेका थिए । बैठक अवरुद्ध भएपछि सभामुख देवराज घिमिरेले आगामी वैशाख २ गते सम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे