
काठमाडौँ , १० चैत । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो । बैठकमा पार्टी सदस्यता नवीकरण सम्बन्धमा छलफल हुने बताइएको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सो विषयमा छलफल हुने बताएका छन् ।
विश्वकर्माका अनुसार बैठकमा समसामयिक राजनीति, पार्टी सदस्यता नवीकरण, आगामी कार्यक्रम तय गर्ने लगायतका विषयमा छलफल हुनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे