• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख २६, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सांसदलाई दुईदिने प्रशिक्षण

१२ घण्टा अघि
२

म्याद नाघेको पेस्की रकम १५ अर्बभन्दा बढी

१२ घण्टा अघि
३

कामना सेवा विकास बैंकद्वारा विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

१ दिन अघि
४

मन्त्रिपरिषद्को निर्णय : १५ अवैतनिक कन्सुलर पदबाट हटाइए

१ दिन अघि
५

भुक्तानी रोकिँदा गौतमबुद्ध रंगशालाको काम ठप्प

१ दिन अघि
६

न्यायिक नियुक्तिमा विधि मिचिएको भन्दै श्रम संस्कृति पार्टीको विरोध

१ दिन अघि
७

प्रधानन्यायाधीशमा सिफारिस शर्मा सबैभन्दा बढी मुद्दा फछ्र्यौट गर्ने न्यायाधीश

१ दिन अघि
८

शिक्षा मन्त्रालयद्वारा आठ विश्वविद्यालयमा उपकुलपति छनोटका लागि आवेदन आह्वान

१ दिन अघि
९

गल्ती गरेको छैन ,डर पनि छैन ,सोधे हुन्छ, खोजे हुन्छ तर सत्य सत्य नै हुन्छ :जगदीश खरेल

२ दिन अघि
१०

कामना सेवा विकास बैंकद्वारा जनकल्याण आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण

२ दिन अघि
११

समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२ दिन अघि
१२

सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन सुरु गर्दै संसद् सचिवालय

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८१ फागुन १९, सोमबार (१ साल अघि)

नगर प्रहरीले १८० जनाका लागि ट्राफिक व्यवस्थापन तालिम

  • 3,370 Views
  • काठमाडौं । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले नगर प्रहरी हवल्दार र नगर प्रहरी जवान गरी १८० जनाका लागि ट्राफिक व्यवस्थापन तालिम सञ्चालन गरेको छ। आजदेखि राष्ट्रिय सभा गृहमा सुरु भएको उक्त तालिमलाई तीन समूहमा विभाजन गरिएको छ, जसअन्तर्गत प्रत्येक समूहमा ६० जना नगर प्रहरी सहभागी रहेका छन्।

    तालिमका आन्तरिक कक्षाहरू सैद्धान्तिक तथा वाह्य अभ्यासमूलक हुने जनाइएको छ। सैद्धान्तिक कक्षामा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा नियमावली २०५४ का व्यवस्थासँगै ट्राफिक संकेत, चिन्ह, रोड फर्निचर, सडक सुरक्षा, सुरक्षित यात्रा, ट्राफिक व्यवस्थापनमा सरोकारवालाको भूमिका, विशेष तथा सामान्य अवस्थाको ट्राफिक व्यवस्थापन, सडक दुर्घटना तथा व्यवस्थापन, ट्राफिक व्यवस्थापनमा नवीनतम प्रविधिको प्रयोग, कूटनीतिक सुविधा प्राप्त सवारी साधनसम्बन्धी व्यवस्था, सडक पूर्वाधार तथा सवारी साधन प्रदूषणजस्ता विषयमा प्रशिक्षण प्रदान गरिने उल्लेख गरिएको छ। सैद्धान्तिक रूपमा सिकाइएका विषयवस्तुहरूलाई व्यवहारिक रूपमा प्रयोग गराउने उद्देश्यसहित वाह्य कक्षाहरू सञ्चालन गरिने जनाइएको छ।

    तालिम उद्घाटन कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले नगर प्रहरीले सहरी व्यवस्थापनको जिम्मेवारीसमेत निर्वाह गर्ने भएकाले ट्राफिक व्यवस्थापनमा यसको भूमिका प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्। ट्राफिक व्यवस्थापन केवल कानुन कार्यान्वयनमा सीमित नरही नागरिक आवश्यकताहरू पूर्ति गर्ने सेवा भएकाले नगर प्रहरीबाट यो कार्य थप प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने उनले उल्लेख गरेका छन्।

    त्यस अवसरमा महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले ट्राफिक व्यवस्थापन प्रणालीलाई दक्ष बनाउन नगर प्रहरीले ट्राफिक प्रहरीलाई सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले सहरी आवागमन सहज बनाउने महानगरपालिकाको जिम्मेवारी प्रभावकारी कार्यान्वयन गर्न यो प्रणाली स्थापना गरिएको जानकारी गराएका छन्।

    महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले नगर प्रहरीलाई कानुन, नीति तथा आदेशको पालना गर्दै ज्ञान, सीप र विवेकको प्रयोग गर्न सक्ने बनाउन विभिन्न चरणका क्षमता विकास कार्यक्रम सञ्चालन भइरहेको बताए। ट्राफिक व्यवस्थापन तालिम पनि त्यसैको एक भाग भएको उनको भनाइ छ।

    नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार नगर प्रहरी जवानका लागि १९३ जनालाई दुई चरणमा आधारभूत तालिम प्रदान गरिसकिएको छ। नगर प्रहरीलाई कर्तव्यनिष्ठ, अनुशासित, साहसिक तथा व्यावसायिक बनाउँदै महानगरपालिका र महानगरवासीप्रति समर्पित सेवा प्रदान गर्ने क्षमतायुक्त बनाउन तालिम सञ्चालन गरिएको उनले जानकारी गराएका छन्।

    नगर प्रहरीले सहरी व्यवस्थापनका कार्यसँगै प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको इजलास तथा अदालतबाट भएका निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी निर्वाह गरिरहेको छ।

    नेपालको संविधानले स्थानीय तहलाई दिएको एकल अधिकारअन्तर्गत नगर प्रहरीको व्यवस्था रहेको छ। काठमाडौं महानगरपालिकामा नगर प्रहरी सेवा २०५० साल भदौ १४ गते स्थापना भएको थियो। यसको विकासक्रमअनुसार २०७७ साल चैत २९ गते महानगर प्रहरी बलका रूपमा विस्तार गरिएको हो। २०८० असारमा सम्पन्न नगर सभाको १३औँ अधिवेशनले ‘महानगर प्रहरी ऐन २०८०’ जारी गरेपछि नगर प्रहरी बल थप सशक्त तथा संगठित बनेको उल्लेख गरिएको छ।

    महानगर प्रहरी बललाई महानगरपालिकाको चल-अचल सम्पत्तिको सुरक्षा, सभा समारोह तथा चाडपर्व व्यवस्थापन, सहरी व्यवस्थापन, सार्वजनिक सम्पत्तिको सुरक्षा तथा रेखदेख, सरसफाइ तथा सौन्दर्य संरक्षण, विपद् व्यवस्थापन, वातावरणीय सुधारलगायत २८ बुँदामा तोकिएको जिम्मेवारी ऐनमार्फत प्रदान गरिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सांसदलाई दुईदिने प्रशिक्षण
    १२ घण्टा अघि

  • २

    म्याद नाघेको पेस्की रकम १५ अर्बभन्दा बढी
    १२ घण्टा अघि

  • ३

    कामना सेवा विकास बैंकद्वारा विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण
    १ दिन अघि

  • ४

    मन्त्रिपरिषद्को निर्णय : १५ अवैतनिक कन्सुलर पदबाट हटाइए
    १ दिन अघि

  • ५

    भुक्तानी रोकिँदा गौतमबुद्ध रंगशालाको काम ठप्प
    १ दिन अघि

  • ६

    न्यायिक नियुक्तिमा विधि मिचिएको भन्दै श्रम संस्कृति पार्टीको विरोध
    १ दिन अघि

  • ७

    प्रधानन्यायाधीशमा सिफारिस शर्मा सबैभन्दा बढी मुद्दा फछ्र्यौट गर्ने न्यायाधीश
    १ दिन अघि

  • ८

    शिक्षा मन्त्रालयद्वारा आठ विश्वविद्यालयमा उपकुलपति छनोटका लागि आवेदन आह्वान
    १ दिन अघि

  • ९

    गल्ती गरेको छैन ,डर पनि छैन ,सोधे हुन्छ, खोजे हुन्छ तर सत्य सत्य नै हुन्छ :जगदीश खरेल
    २ दिन अघि

  • १०

    कामना सेवा विकास बैंकद्वारा जनकल्याण आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    परराष्ट्र सेवाका भत्तामा बाझिएका नियम, एकीकृत व्यवस्था आवश्यक

    नेपाल नक्सा
    २

    सामुदायिक विद्यालयमा कामना सेवा विकास बैंकको सहयोग, १३८ विद्यार्थी लाभान्वित

    नेपाल नक्सा
    ३

    भूमिहीनको दीगो समाधानतर्फ सरकार अग्रसर, भ्रम नफैलाउन आग्रह

    नेपाल नक्सा
    ४

    विद्यार्थीलाई सहज कर्जा: माछापुच्छ्रे बैंकको २५ वर्षसम्म अवधि भएको योजना

    नेपाल नक्सा
    ५

    कामना सेवा विकास बैंकद्वारा विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

    नेपाल नक्सा
    ६

    ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा फोरजी सेवा सञ्चालन

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution