
काठमाडौँ, २१ भाद्र । नेपाली क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ। लामिछानेविरुद्धको बलात्कार मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। उक्त मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ।
भदौ १० गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो। तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो। त्यसपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो।
त्यसपछि एसिया कप खेल्न जाने पहिलो टोलीमा जान नपाएका सन्दिप मुद्धाको पेसी भाद्र २१ आजलाई तोकेपछि पाकिस्तान उडेका थिए । सन्दिपसहित नेपाली क्रिकेट टिम एसिया कपमा पाकिस्तान र भारतसँग खेलेर हिजो मात्र नेपाल फर्किसकेको छ ।
१७ वर्षकी एक किशोरीले सन्दीपले आफूलाई काठमाडौंको एक होटेलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे