
काठमाडौँ , २७ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिदमा भ्रष्टाचार भएको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लगायतका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ का लागि सेनिटरी प्याड खरिदमा प्रति प्याकेट रु ७९ दशमलव १ मूल्य कायम गरी ठेक्का दिइएको थियो। आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रह्लादप्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफविरुद्ध रु ५१ लाख ९९ हजार १ सय २० को बिगो माग गर्दै मुद्दा दायर गरेको जनाएको छ।
त्यसैगरी, आयोगले सागरदेवी फर्मा हैटौडा र त्यसका सञ्चालक विमलेश साहविरुद्ध पनि समान बिगो दावी गरेको छ। सरकारी कर्मचारीसँग मिलेर गैरकानुनी लाभ उठाएको आरोपमा साहविरुद्ध पनि कारवाहीको माग गरिएको छ आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले सबै आरोपीलाई बिगो अनुसार कारवाही गर्ने अनुरोध गरेको जानकारी दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे