
काठमाडौँ ,२८ चैत । आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता लागू गर्दैछ । आयोगले प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशसभातर्फ बझाङ–१९१० मा हुन लागेको उपनिर्वाचनका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता लागू गरेको हो । आयोगमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको सिफारिसका आधारमा प्रतिनिधिसभाको इलाम क्षेत्र नम्बर–२ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्र– १ ‘क’ मा आचारसंहिता लागेको हो ।
मतदान आगामी वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्धारण गरिएको छ । निर्वाचन आचारसंहिता मतदान सम्पन्न नहुन्जेलसम्म लागू हुनेछ । आचारसंहिता लागू भएपछि कुनै सार्वजनिक स्रोत, साधन र सम्पत्ति दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न पाइने छैन । सरकारी वा सार्वजनिक संस्था वा शैक्षिक संस्था प्रयोग गरेर निर्वाचनसम्बन्धी भेला वा प्रचार गर्न पनि पाइने छैन ।
उम्मेदवार तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचारण जुलुस, आमसभा, कोणसभा, बैठक , सवारीसाधनको प्रयोग र सञ्चारमाध्यमको प्रयोगसम्बन्धी विषय र निर्वाचन खर्चसम्बन्धी विषयमा दैनिक विवरण दिन पर्ने छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे