
काठमाडौँ , ४ मसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ( सिआइबी ) का प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले साइबर अपराध सम्बन्धी कसुरमा उनलाई पक्राउ गरेको पुष्टि गरेका छन् ।
प्रसाईँले सोमबार मात्रै पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित एक टेलिकम कम्पनीमा झन्डै ३२ अर्ब लगानी रहेको दाबी गर्दै केही दस्ताबेज सार्वजनिक गरेका थिए । त्यही प्रमाण अहिले सामाजिक सञ्जालमा सेयर , भाइरल भइरहेको छ। साइबर अपराध र गाली बेइज्जती सम्बन्धी कसुरमा प्रसाईं यसअघि ६ असोजमा पनि पक्राउ परेका थिए र उनी ५०–५० हजार रुपैयाँ धरौटीमा १५ असोजमा रिहा भएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे