
धुलिखेल , १३ माघ । काठमाडौंबाट रामेछाप तर्फ गइरहेको बस काभ्रेमा दुर्घटनामा परेको छ। अरनिको यातायातको प्रदेश ३, ००१–००५ ख ९९४२ नम्बरको बस आज बिहान धुलिखेल नगरपालिका १० सारादा बतासे स्थित विपि राजमार्गमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ। २४ जना यात्रु बोकेर रामेछाप तर्फ जाँदै गरेको उक्त बसमा चालक र सहचालक सहित १८ जना घाइते भएको र उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बस अनियन्त्रित भएर सडकको नालीमा पल्टिंदा चालक र सह–चालकसहित १८ जना घाइते भएका छन्। बसमा २४ जना यात्रु सवार थिए, जसमा चालक र सह–चालकको अवस्था गम्भीर रहेको प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे