
काठमाडौँ । बीपी राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेलदेखि वर्षेखोलासम्मको सडक खण्ड रातिको समयमा बन्द हुने भएको छ।
गत असोज महिनाको १० देखि १२ तारिखसम्म परेको अविरल वर्षाका कारण क्षति पुगेको उक्त सडक खण्डको स्तरोन्नति गर्न सडक डिभिजन कार्यालय भक्तपुरले राति सडक बन्द गर्ने निर्णय गरेको हो।
सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार, ५ मंसिरदेखि अर्को सूचना नआउनुन्जेलसम्म, सो सडक खण्ड राति ९ बजेदेखि बिहान ४ बजेसम्म बन्द रहनेछ।
सडक डिभिजन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ कि बीपी राजमार्गको धुलिखेलदेखि वर्षेखोलासम्मको सडक खण्ड (चौकी डाँडा, नार्के बजार र कालढुङ्गादेखि माम्तिखोला सम्म) मा डाइभर्सनको काम भइरहेको कारण रातिको समयमा सडक बन्द गर्न लागिएको हो।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे