
काठमाडौँ, चैत ३० । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–५ नागबेलीमा अज्ञात समूहले बिहीबार राति बोधिचित्त मालाको रुख काटिदिएका छन् । १५ २० जनाको समूहमा आएको अज्ञात समूहले करिब एक करोड रुपियाँको बोधिचित्त मालाको बोट काटेका छन् । स्थानीय ठकुरानी तामाङको रुख काटेर घरको ढोकामा दुईवटा सकेट बम राखेर आरोपीहरू फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरी टोली पुग्दा बुद्धचित्तको बोट काटिएको र तामाङको आँगनमा चार वटा घरेलु सकेट बम राखिएको फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । अज्ञात समूहले राखेको सकेट बम नजिकै जनमुक्ति सेना नेपाल लेखेको एउटा ज्याकेट समेत फेला परेको छ ।
तामाङले यसअघिका बर्षमा सोही रुखको बुद्धचित्त विभिन्न व्यापारीसँग बैना लिने गरेपछि विवाद हुँदै आएको थियो । गत वर्ष उक्त बुद्धचित्त माला ९० लाखमा बिक्री भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे