
काठमाडौं , १२ वैशाख । नेपाल र कतारका प्रतिनिधिमण्डलसहितको द्विपक्षीय वार्ता सुरु भएको छ । दुई दिने राजकीय नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज भेटवार्ता भएको छ ।
बुधबार होटल सोल्टीमा दाहाल र थानीले भेटवार्ता गरेका छन् भने अहिले डेलिगेसन स्तरमा दुइपक्षीय बैठक भैरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कतारी अमिर र प्रधानमन्त्री दाहाल नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाल–कतार सम्बन्धका समग्र पक्षका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकपछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे