
काठमाडौ , १८ असार | नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ गठबन्धन गर्ने सहमति भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यंग्य गरेका छन् ।
मेयर बालेन मंगलबार बिहान सामाजिक सञ्जालमा दुवै दलका शीर्ष नेताको तस्वीर राख्दै लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।’
राष्ट्रिय सहमतिको सरकार बनाउन नेपाली कांग्रेस र नेकपा ९एमाले० बीच सहमति भएको छ। सोमबार राति दुई दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको थियो । एमाले र कांग्रेसबिच पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । सहमतिअनुसार दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुनेछ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे