
काठमाडौँ, चैत १६ । काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिबाना तोकेको छ। यो जरिबाना काठमाडौँ–३२, तीनकुनेमा शुक्रबार भएको प्रदर्शनका क्रममा सार्वजनिक स्थानमा फोहोर मैला गर्ने, सार्वजनिक सम्पत्ति क्षति पुर्याउने, भौतिक संरचना भत्काउने, र निजी सम्पत्तिमा हानी गर्ने जस्ता कारणले लागू गरिएको हो।
महानगरपालिकाले शनिबार जारी गरेको जरिबाना पत्रमा पूर्वराजा शाहको नाममा उक्त रकम तोकेको छ। तीनकुनेमा भएको उक्त प्रदर्शनलाई लिएर महानगरले विभिन्न प्रकारका जरिबाना तिराउने निर्णय गरेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे