
काठमाडौँ , ९ असोज । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा नेता रवीन्द्र मिस्रबिचको भेटलाई कटाक्ष गरेका छन् ।उनले यो भेटलाई ‘बिरालो म्याउँ’ गरेको संज्ञा दिएका छन्।
भट्टराईले प्रचण्ड र मिश्रको भेटबारे टिप्पणी गर्दै केही राजावादीहरू चिच्याउँदैमा र प्रचण्डहरू सत्तालिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साटिएका यी उपलब्धिहरू नखोसिने बताएका छन्।
उनले भनेका छन् , ‘वयोवृद्ध वामपन्थी नेता चित्रबहादुर केसीले बारम्बार सुनाउने लोकोक्ति सापटी लिएर भन्नुपर्दा( बिरालोलाई जति खास्टोले छोपे पनि आखिरमा म्याउँ गरिहाल्छ रे १ प्रचण्ड र रवीन्द्र मिश्रबीचको अन्तरङ्ग कुराकानीको सत्य तथ्य वहाँहरूले नै जान्ने र भन्ने कुरा हो । तर माओवादी आन्दोलनभित्रको भीषण अन्तरसंघर्ष देखी जान्ने सबैलाई थाहा छ अहिले ‘बिरालो म्याँउ’ गरेकै हो१ किनकि प्रचण्डको वास्तविकता त्यही हो । यसको अर्थ( गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समावेशी लोकतन्त्र कुनै महापुरुषको पौरख वा कुनै अदृश्य शक्तिको निगाहबाट हैन नेपाली शोषित पीडित जनताको अतुलनीय बलिदानीपूर्ण सङ्घर्षको बलमा प्राप्त भएको हो । केही राजावादीहरू चिच्याउँदैमा र प्रचण्डहरू सत्तालिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साटिएका यी उपलब्धिहरू खोसिन सक्दैनन् १ खोस्न दिनु हुँदैन ! ’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे