
काठमाडौँ , २८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा काँस्य पदक विजेता पलेसा गोवर्द्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई सम्मान गरेका थिए । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यक्रम आयोजना गरिएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले डिजिटल माध्यम मार्फत खातामा रकम जम्मा गराएको जानकारी दिएका थिए। लेसालाई ६५ लाख रुपियाँ पुरस्कार राशीमा कर नकटाई पुरस्कृत गरिएको हो । यस्तै, सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई दुई लाख ९२ हजार रुपियाँ पुरस्कारसहित सम्मान गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे