
काठमाडौँ, ११ माघ ।काठमाडौंको लाजिम्पाटमा व्यवसायी विक्रम लामामाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विक्रममाथि आक्रमण गर्ने समूहका नाइके भनिएका नुवाकोट ककनी–४ का ३३ वर्षीय अजय लामा र गोरखाको आरुघाट–७ का दीपक बरामु रहेका छन् ।उनीहरूलाई भारतबाट पक्राउ गरी ल्याइएको बताइएको छ। व्यवसायी विक्रम लामामाथि भएको रड प्रहार गरेर दीपक र अजय फरार रहेका थिए ।
नुवाकोटको ककनी गाउँपालिका ६ का ३५ वर्षी घरजग्गा व्यवसायी विक्रम लामामाथि गत कात्तिक ११ गते आक्रमण भएको थियो। चार जनाको समूहले लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा उनीमाथि मार्ने उद्देश्यसहित आक्रमण गरेको थियो ।
उनीमाथि रड आक्रमण भएको घटनामा प्रहरीले संगठित अपराध र ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाएको थियो। जसमध्ये निश्चल सुनार र मार्शल भनिने शैलेन्द्र तामाङ पुर्पक्षका लागि कारागार चलान भएका थिए । पक्राउ परेका अर्का प्रतिवादी पदम राई ५० हजार धरौटीमा रिहा भएका थिए । यस घटनाका दुई जना मुख्य अभियुक्त लक्ष्मी राई र रमेश सिलवाल भने अझै फरार रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे