
काठमाडौं , २३ भदौ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९ बालेन०ले नयाँ मापदण्ड अनुसार बनेका काठमाडौँ महानगर अन्तर्गत पर्ने कुनै पनि घर नभत्किने बताएका छन् ।सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले मापदण्डभित्र परेका घर भत्काउन सरकारले मुआब्जा दिनुपर्ने बताएका हुन् ।
उनले लेखेका छन् , तपाइँ को नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भत्किने छैन निस्चिन्त रहनुहोस भत्काउनै परे मुआब्जा दिनु पर्छ सरकारले ,५० बर्ष पहिलेको तिनकुने को मुआब्जा दिन नसक्ने सरकारले तपाइँलाइ दिन नि सक्दैन भत्काउन नि सक्दैन । सर्वोच्च अदालतले खोला किनाराबाट दायाँबायाँ थप २०(२० मिटरमा संरचना बनाउने नपाइने आदेश दिएपछि महानगरले उक्त आदेश कार्यान्वयनका लागि सूचना निकालेको थियो। सामाजिक सञ्जालमार्फत उनले सरकारलाई सोधेका छन्– आफै धामी, आफै झाँक्री । कानुन बनाउने कसले हो रु सरकारको नेतृत्व कसले गरेको हो ? अदालतमा न्यायाधीश नियुक्त गर्ने संवैधानिक परिषद्मा को छ ? ।
उनले नियम परिवर्तनको लागि केन्द्र सरकारलाई दबाब दिन आग्रह गरेका छन् । उनले जब नियम परिवर्तन हुन्छ सोही अनुसार फेरि सुचना जारी गरि गर्ने तर त्यतिनजेल कोहि नठ्गियोस भन्ने चाहना मात्र रहेको बताएका छन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे