
काठमाडौँ , मंसिर ४ | आज भइरहेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि मतदानका लागि लाइनमा बस्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुमका ८८ वर्षीय योङहाङ दीप लिम्बु रहेका छन् ।
लालीगुराँस नगरपालिका ८ सोल्माको रत्न मावि मतदान केन्द्रमा मतदान गर्न पुगेका वृद्धको लाइन लाग्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएकाे छ ।मृत्युको कारण बारे खुल्न सकेको छैन् ।
प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे