
काठमाडौं, १५ जेठ । सहकारी ठगी सम्बन्धी संसदीय छानबिन समिति गठन गर्ने विषयमा सत्तापक्ष र विपक्षका दलहरूबीच सोमबार राति सहमति जुटेको छ । तर कार्यादेश भने तयार भइसकेको छैन ।प्रधानमन्त्री निवास बालुवाटार सोमबार राती भएको छलफलमा गोर्खा मिडिया नेटवर्कमा भएको सहकारीको रकम अपचलनबारे छानबिन गर्न संसदीय समिति बन्ने सहमति भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा आइतबार साँझ उनको सरकारी निवास बालुवाटारमा बसेको सत्तापक्ष र विपक्षका शीर्ष नेताहरु तथा कार्यदलका सदस्यहरुको संयुक्त बैठकले संसद्को गतिरोध अन्त्य गर्ने विषयमा सहमति जुटाएको छ ।
आज बिहान बस्ने कार्यदलको बैठकबाट कार्यादेश सबै कुरा टुंगो लाग्ने र औपचारिक सहमति हुने भएको कानुनमन्त्री पदम गिरीले बताए । उनले संसदको अवरोध पनि हट्ने आज बस्ने संसदको संयुक्त बैठक सुचारु हुनेमा पनि सहमति भएको बताउए । संसदीय छानबिन समितिमा कांग्रेस र एमालेका २-२ तथा, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) र राप्रपाबाट एक(एक जना सदस्य रहने छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे