
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको पुर्ख्यौली घरमा माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालपुगेका छन । दाहाल माओवादी तराई ९मधेश जागरण अभियान० को क्रममा बिहीबार महोत्तरीको एकडारा गाउँपालिका–२ स्थित बालेनको घरमा पुगेका हुन्। दाहालको टोलीलाई गाउँपालिकाले स्वागत कार्यक्रमको आयोजना गरेको थियो।
पूर्वप्रधानमन्त्री दाहालको सचिवालयका अनुसार, स्वागत कार्यक्रममा महोत्तरीका स्थानीय प्रतिनिधिहरू र अभियान टोलीलाई सम्मान गरिएको थियो। बालेनको पुर्ख्यौली घर अहिले गाउँपालिकाले प्रयोग गर्दै आएको छ।
स्वागत कार्यक्रममा बोल्दै, दाहालले सबै मिलेर देशको निर्माणमा योगदान पुर्याउने महत्वपुर्ण सन्देश दिएका छन्। उनले भने, “सबै मिलेर अधिकार जोगाऔं, देश बनाऔं।” दाहालको भनाइ अनुसार, विभिन्न समुदायका मानिसहरू एकजुट भएर अघि बढ्नाले मात्र देशको विकास सम्भव हुने र सबैको अधिकार सुनिश्चित गरिने छ।
यस अवसरमा माओवादी पार्टीका नेता र कार्यकर्ता र स्थानीय बासिन्दाहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। हजारौंको बलिदान गरेर पहिचान र अधिकारको मुद्दालाई, समावेशी र समानुपातिकको मुद्दालाई स्थापित नगरेको भए आज देश यो ठाउँमा नहुने उनको तर्क थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे