
काठमाडौँ, १४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रमेश खरेलले पार्टी त्यागेका छन् । पूर्वडीआईजी खरेलले बुधबार मात्र पार्टीमा राजीनामा पत्र बुझाएका हुन् ।
सहकारी ठगी प्रकरणमा मुछिएका सभापति रवि लामिछाने स्वार्थ बाझिने गरी गृहमन्त्री बनेपछि खरेलले आलोचना गरेका थिए । सोही प्रकरणमा रास्वपाले उनीसँग स्पष्टीकरण सोधेको थियो ।
रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले खरेलको राजीनामा आएको पुष्टि गरे । रास्वपाले स्पष्टीकरण सोधे पनि खरेलले स्पष्टीकरण बुझाउनुको साटो राजीनामा नै बुझाएका हुन् ।
खरेल गत १० वैशाखमा भएको उपनिर्वाचनमा रास्वपाबाट बारा २ मा प्रतिनिधिसभा सदस्यको चुनाव लडेका थिए । तर, उनी तत्कालीन सत्ता गठबन्धन समर्थित जसपाका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे