
काठमाडौँ , साउन २४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ ।
जहाजभित्र यात्रुहरुबीच होहल्ला भएपछि विमानस्थलबाट बिहान सुर्खेत उडन लागेको श्री एयरलाइन्स जहाज धावनमार्गबाट फर्काइएको हो । आज बिहान ७ः३० बजे सुर्खेत उडान तालिका रहेको उक्त विमान धावनमार्गबाट उड्नै लाग्दा फर्किएको हो ।
श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरका अनुसार जहाजभित्र यात्रुबीच होहल्ला भएपछि अन्तर्राष्ट्रिय नियमअनुसार नै ग्राउण्ड भए फर्काउने र आकाशमा भए आकस्मिक अवतरण गरिएको हो ।
उनले भने , “प्राविधिक समस्याका कारण होइन, दुई–चारजना यात्रीबीचको विवादले होहल्ला भएपछि पाइलटले विमान फर्काएका हुन्” । पार्किङमा रहेको सोही विमानमार्फत यात्रीहरु बोर्डिङ भएर गन्तव्यमा उड्ने क्रममा रहेको व्यवस्थापक मानन्धरले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे