
काठमाडौँ , १० चैत । भक्तपुरमा एक पुरुष मृत फेला परेका छन्। मध्यपुरठिमी नगरपालिका ९ बोडे निलबाराहीस्थित पिकनिक स्थलको पार्किङमा आइतबार बिहान मृत फेला परेका हुन्।खोटाङको केपिलासगढी गाँउपालिका २ घर भई हाल बोडे बस्ने ६६ वर्षका ओमप्रकाश राई मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।
उनको दाइने कानको छेउ र टाउकोमा चोट देखिएको छ। घटनास्थल नजिकैबाट रगत लागेको ढुंगा बरामद भएको उनले बताए । प्रहरीले हत्याको आशंकामा अनुसन्धान अगाडि बढाएको छ। उनले कवाडीको सामान टिप्ने काम गर्ने खुलेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे